राम लिम्बुले चुमे दोश्रो भ्वाईस अफ नेपालको ट्रफी


‘दि भ्वाइस अफ नेपाल सिजन २’

ब्युटी न्युज नेपाल
काठमाडौं, २२ मँसिर

‘दि भ्वाइस अफ नेपाल सिजन २’को उपाधि झापा स्थित विर्तामोडका गायक राम लिम्बुले जितेका छन् । शनिबार अबेर साँझ काठमाडौंको बौद्ध स्थित हायात प्राँगनमा भएको अन्तिम प्रतिस्पर्धामा फाईनलमा पुगेका सनिष श्रेष्ठ, विकास लिम्बु र आरिफ राउफलाई पछि पार्दै राम लिम्बुले भ्वाईस अफ नेपालको दोश्रो संस्करणमा बिजेता बनेका हुन् ।

हिमालय टेलिभिजनबाट प्रशारण भएको यो चर्चित रियालिटी शोको उद्घाटन समारोह देखि नै हुटिङ भएको थियो । कार्यक्रम स्थलमा दर्शकको लागि बस्ने ठाउँ ब्यबस्थित नहुँदा सुरुमा निकै हुटिङ भएको थियो । हुटिङ क्रम रात छिप्पिँदै जाँदा जब फाईनलमा राम लिम्बु पुगे । धेरैले जित्ने आशा गरिएका सनिष श्रेष्ठले जब हारेको परिणाम आयो ।
त्यसपछि कार्यक्रम स्थलमै सनिषका प्रसँसकहरुले हुटिङ र होहल्ला समेत गरेका थिए । यसरी यो चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम लिम्बु बनेका हुन् । रामले कोच प्रमोदको टिमबाट विजय हाँसिल गरेका हुन् ।

उनीहरुको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बुलाई विजेता बनाईएको कार्यक्रममा जानकारी गराईयो । दर्शकबृन्द यो कार्यक्रम हिमालय टीभीमार्फत शनिबार बेलुकी ७ बजेबाट ११ बजेसम्म प्रत्यक्ष प्रशारण गरिएको थियो । बिजेता बनेका रामले कार सहित १२ लाख पुरस्कार जितेका छन् । यस्तै उनलाई म्यूजिक नेपालले एउटा गीतिसँग्रह तयार गरिदिने सम्झौता गरेको छ ।


गायक राम लिम्बुको भनाईमा उनी फुटबल खेलाडी बनेर देशको लागि केही गर्न चाहन्थे । १२ वर्ष मुनिको जुनिएर फुटबल खेलाडीको रुपमा छानिएर दुई वर्ष एन्फा होस्टलमा बसेर फुटबलको प्रशिक्षण लिएर पनि अन्त्यमाखुट्टामा लागेको गम्भिर चोटका कारण आफुले फुटबल छाड्नु परेको रामले बताएका छन् ।’


यो सिजनको कोचमा बरिष्ट संगीतकार दीप श्रेष्ठ, गायक प्रमोद खरेल, गायक राजु लामा र गायिका आस्था राउत थिए । गतबर्ष कोच दीपको टिमबाट सीडी विजय अधिकारीले यो रियालिटी शोको टाइटल जितेका थिए ।

झापाका राम लिम्बुले आफ्नो ठुलो सपना पुरा भएको बताएका छन् । उनले यो जित आफ्नो नभएर सबैको भएको पनि उनले बताएका छन् । अब बाँकी जीवन सँगीतमा लाग्ने प्रण उनले सो क्रममा गरेका छन् ।

रामको भनाईमा उनका आमाबुवा वा परिवारमा कोही पनि संगीतमा लागेका छैनन् । संगीतमा लागेको उनी मात्र हुन् । आफुलाई घर परिवार र साथीहरुले पूर्ण सहयोग गरेका कारण गायनमा यो सफलता हाँसिल गरेको पनि उनले बताएका छन् ।

गायक राम लिम्बुको भनाईमा उनी फुटबल खेलाडी बनेर देशको लागि केही गर्न चाहन्थे । १२ वर्ष मुनिको जुनिएर फुटबल खेलाडीको रुपमा छानिएर दुई वर्ष एन्फा होस्टलमा बसेर फुटबलको प्रशिक्षण लिएर पनि अन्त्यमाखुट्टामा लागेको गम्भिर चोटका कारण आफुले फुटबल छाड्नु परेको रामले बताएका छन् । उनका लागि फुटबल छाडेको त्यो दिन सबैभन्दा दुखको दिन थियो । सोही कारण विभिन्न परिस्थितिले आफु गायनमा लागेको पनि उनले खुलाएका छन् । आज गायनबाट पाएको यो सफलताले फुटबल छाडेकोमा आफुलाई कुनै पछुतो नभएको रामको भनाई छ ।

आफुलाई आशिष बुढाथोकीले सँगीतमा ल्याएको र स्टेज कार्यक्रममा अबसर दिँदै यो अबस्थासम्म आईपुग्न प्रोत्साहन गरेको पनि रामले बताएका छन्,‘ हिजोको दिनमा गायक बन्ने चाहनालाई दबाएर बसेको थिएँ । तर जब फुटबलमा ठेस लाग्यो, तब भित्रभित्रै गुम्सिएर रहेको मेरो गायकी बाहिर प्रकट भयो । मैले गायक नै बन्ने निधो गरें ।’ त्यही निधोले गर्दा निरन्तर मेहनतका कारण आफु आज दोश्रो संस्करणको भ्वाईस अफ नेपाल बिजेता भएको प नि उनले बताएका छन् ।