कुमारको निर्देशनमा गायक सुरजको नयाँ गीतको भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ मँसिर

गायक तथा संचारकर्मी सुरज पौडेलको नयाँ गीत ’एल.ओ. भी.ई लब…’ को भिडियो रिलिज भएको छ । सार्बजनिक गीतमा स्वर तथा शब्द पनि सुरजकै छ । यसमा संगीत बिकाश चौधरीको हो । आधुनिक पप शैलीको यो गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ ।

’एल.ओ. भी.ई लब’ गीतको भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्बजनिक गरिएको हो । संचारकर्मी कुमार आचार्यले यो नयाँ म्युजिक भिडियो निर्देशन गरेका हुन् । भिडियोमा बिकाश लामिछाने, श्रेया दुलाल र पुजन घिमिरेको अभिनय रहेकोको यस भिडियोमा रामेश्वर हुमागाईको छाँयाकन, प्रदिप श्रेष्ठ नृत्य निर्देशन, बिष्णु खड््काको सम्पादन रबिको मेकअप रहेको छ । भिडियोमा बिकाश, श्रेया र पूजनको अभिनय निकै राम्रो देखिएको छ ।

गायक पौडेलको यो छठौँ भिडियो हो यस अघि पौडेल निकै मन छुने भिडियो बजारमा ल्याइसकेका छन् । गायक पौडेलको  दोस्रो एल्बम ’लब यु टु’ को पहिलो सार्बजनिक गित हो ।

थुप्रै भिडियो निर्देशन गरेका संचारकर्मी आचार्यले यस भिडियोलाई राम्रो बनाउन मेहनत गरेको गायक सुरजको भनाई छ । दर्शकले पनि भिडियोलाई माया गर्ने उनले बताएका छन् ।