रसु पन्तको शिरमा १७ औं किड क्वीन नेपालको ताज


ब्युटी न्युज नेपाल
काठमाडौ २१ मँसिर

‘किड क्विन नेपाल–२०१९’ को जात रसु पन्तले जितेकी छिन् । शनिबार काठमाडौंको जमल स्थिात नाचघरमा यो प्रतियोगिता आयोजना गरिएको थियो ।

सो प्रतियोगितामा सहभागी २१ जना प्रतियोगीलाई पछि पार्दै रसुले १७ औं किड क्विन नेपाल २०१९ को ताज चुमिन । उनले शिर्ष उपाधिसँगै १० हजार रुपैयाँ र विभिन्न उपहार हाँसिल गरिन् । बालिकाहरुको प्रतिभा प्रस्तुतिका लागि नेप्लिज फेशन होमले यो प्रतियोगिता १७ वर्षदेखि आयोजना गर्दै आएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विधासुन्द शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न १७ औं संस्करणको यस प्रतियोगितामा फस्ट रनरअपको उपाधि रोशिका लामाले र सेकेन्ड रनरअपको उपाधि कृष्मा ढुँगानाले प्राप्त गरे ।

समारोहमा सोसियल वेलफेयर सानभी बानिया, मिस ट्यालेन्ट सुप्रिया बिष्ट, मिस फ्रेन्डसिप निशा बिक, मिस स्माईल स्नेहा रजक, मिस पर्सनालिटी रितिका थापा, मिस क्याटवाक मनिषा राई, मिस कल्चर प्रकृना प्रधानाँग घोषित भए । यस्तै पब्लिक च्वाईस सुप्रिया तामाङ, बेस्ट ड्रेस सरु खोटेजु, मिस डिसिप्लेन प्राची किबनायो, बेस्ट हेयर स्नेहा प्रजापति, मिस एलिगेन्ट श्रीया जराजु, बेस्ट स्किन आयुषा वाईवा, मिस चार्मिङ निमिषा श्रेष्ठ, घोषित भए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विधासुन्द शाक्यले प्रतियोगितामा सबैजसो नानीहरु प्रतिभावान रहेका र यस्ता प्रतियोगिताले उनीहरुलाई धेरै कुरा सिकाएको बताए । अहिलेको बालबालिकालाई प्रतिभा प्रस्तुतिसम्बन्धि यस्ता कार्यक्रमले समाजमा अघि बढ्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न मद्दत पुर्याउने गरेको भनाई मेयर शाक्यले सो कार्यक्रममा राखे ।

नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बालिकाहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि आफुहरुले हरेक वर्ष काठमाडौं उपत्याका विभिन्न विधालयका बालिका तथा किशोरीहरुबीच यो प्रतियोगिता आयोजना गर्दै आएको बताईन् ।

सञ्चारकर्मी रोजिन शाक्यले सहजीकरण गरेको सो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको निर्णायकमा सञ्चारकर्मी कृष्ण भट्टराई एवम डब्बु क्षत्री, मार्शलआर्टका गुरु अशोक कुमार श्रेष्ठ, नेपाल एयरलाईन्स कर्पोरेशनका अच्युतराज पहाडी, गायिका लसता जोशी, मेकअप आर्टिस्ट मञ्ज कार्की पाण्डे, उधोगी रोशन सायमी थिए ।