अभिनेत्री ऋचा शर्मा दाम्पत्य जीवनमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ मँसिर

अभिनेत्री ऋचा शर्माले विवाह गरेकी छिन् । उनी शनिबार दाम्पत्य जीबनमा बाँधिएकी हुन् । काठमाडौंमा पारिवारिक जमघटबीच अभिनेत्री ऋचाले विवाह गरेकी हुन् ।

रिल लाईफमा धेरै पटक बेहुली भएकी अभिनेत्री ऋचा रियल लाईफमा बेहुली हुँदा शनिबार निकै राम्री देखिएकी थिईन । आफ्नो दुई वर्ष लामो प्रेम सम्बन्धलाई साकार तुल्याउँदै अभिनेत्री ऋचाले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी हुन् । विवाह समारोहमा दुबै पक्षका परिवार, नातागोता र केही निकट चलचित्रकर्मीहरु सहभागी थिए ।

अभिनेत्री ऋचाले आफ्नो बैवाहिक समारोहको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै फेसबुकमार्फत शनिबार सबैसँग आशिर्बाद माग्दै यस्तो लेखेकी छिन,‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’

अभिनेत्री एवम् नव दुलही ऋचा शर्मा र नव दुलाहा दीपेक्ष विक्रम राणालाई बैवाहिक सम्बन्धको अबसरमा ब्युटी न्युज नेपाल परिवारका तर्फबाट लाख लाख बधाई सहित सफल दाम्पत्य जीवनको हार्दिक मँगलमय शुभकामना ।