डिस होमबाट आयोज छ मायाँ छपक्कै


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ मँसिर

चलचित्र ‘छ माया छपक्कै’अब डिश होमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शनमा आएको छ । यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यो चलचित्र २०७६ को सर्वाधिक सफल व्यबसायिक चलचित्र हो । दिपकराज गिरी, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’, केकी अधिकारी लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गते देखि प्रदर्शन भैरहेको छ । चलचित्रलाई दर्शकहरुले ४२५ मै स परिवारको साथमा हेर्न सक्नेछन ।

डिश होमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुविधा उपलब्ध गराइरहेको छ । पे पर भ्यु सुविधा अन्तर्गत संचालन भइरहेको सिनेमा घर च्यानल नम्बर १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसँगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ ।

हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेतासँग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ । आमा सरस्वती मुभिज प्रालि र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ कार्तिक २४ गते सिनेमा हलहरुमा प्रदर्शन भएको थियो ।नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ ।