दयाहाङले छाडे लप्पन छप्पन २


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ कात्तिक

धुमुर्स सुन्तलीले निर्माण गरेको चलचित्र सेन्टी भाईरसको गत साता छायाँकन सकेका अभिनेता दयाहाङ राई यतीबेला नयाँ फिल्म जारीको छायाँकनमा व्यस्त छन् ।

यसरी एक पछि अर्को फिल्ममा व्यस्त हुन थालेका यी अभिनेताले यस अघि खेल्ने भनेको फिल्म लप्पन छप्पन २ अब नखेल्ने भएका छन् । समयको अभाव देखाउँदै अभिनेता दयाहाङले फिल्म लप्पन छप्पन २ छाडेका हुन् ।

उनी अघिल्लो फिल्म लप्पन छप्पनमा प्रहरी अधिकारीको भूमिकामा थिए । सोही कारण पनि निर्माण पक्षले उनलाई लप्पन छप्पन २ मा महत्वपूण भूमिकामा उतार्ने तयारी गर्दै थियो । लामो समय बिदेशमा बसेर पनि दशैं अघि लप्पन छप्पन २ टिमले बेलायत लगेर दयाहाङलाई छायाँकन गराउन सकेन । सोही कारण दयाहाङले उपेन्द्र सुब्बाको निर्देशनमा बनिरहेको फिल्म जारी खेलेका हुन् । चलचित्र जारीको अहिले पाँचथरका विभिन्न स्थानमा छायाँकन भईरहेको छ ।

यसरी अभिनेता दयाहाङले चलचित्र लप्पन छप्पन २ छाडेपछि उनलाई भनिएको भूमिकामा अब शक्ति श्रेष्ठ देखिने भएका छन् । अहिले यो फिल्मको छायाँकन अष्ट्रेलियामा जारी छ । अग्रज अभिनेता शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठ हुन् । उनी अहिले अष्ट्रेलिया बस्छन् ।