आनन्द कार्कीको दशैं गीतमा पुष्प र बिनुको छमछमी


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ असोज

अग्रज गायक आनन्द कार्कीले नयाँ दसैं गीत रिलिज गरेका छन् । उनले नयाँ दसैं गीत सरर सरर…को भिडियो दशैंको अबसर पारेर यतीबेला रिलिज गरेका हुन् । गीत कर्णप्रिय बनेको छ ।

डा. कृष्णहरि बरालले लेखेको यो गीतलाई बीबी अनुरागीले संगीत गरेका हुन् । यो गीतको भिडियो निकै आकर्षक बनेको छ । अभिनेता पुष्प खड्का, अभिनेत्री बिनु शाक्य, कलाकार किरण केसी, रमेश चन्द्र सोडारी, कविता न्यौपाने, सकुना श्रेष्ठसहितको अभिनय रहेको छ । गायक आनन्द कार्की पनि आफैं यो गीतमा मोडलको रुपमा पनि प्रस्तुत भएका छन् ।
यो दशैं गीतको भिडियोलाई माइकल चन्दको कोरियोग्राफी तथा निर्देशन गरेका छन् । कोरियोग्राफी निकै आकर्षक बनेको छ ।

दशैंको दृष्य प्रस्तुतका लागि लिँगे पीङ बनाएर कलाकारलाई पिङ खेलाउँदै भिडियोको छायाँकन गरिएको छ ।
दशैंका लागि यो भिडियो निकै आकर्षक बनेको छ । गायक आनन्द कार्कीले यो गीतको भिडियोलाई आफ्नो युट्युव च्यानल सिँगर आनन्द कार्कीबाट रिलिज गरेका छन् ।

यो भिडियोलाई बीरेन्द्र भाट विपिनले खिचेको हुन् । भिडियोको सम्पादन पनि बीरेन्द्रले नै गरेका छन् । आउँदा वर्षहरुको दशैंमा पनि यो गीत र भिडियोलाई दर्शकले सुन्ने र हेर्ने छन् ।