‘के यसपाली दीपाश्री ब्याउँछिन् त ? ब्याउनको लागि साँची उनको विवाह कहिले भयो ? कतै फिल्म भित्र उनी व्याउने दृष्य राखेका कारणले पनि गीतमा यसपाली चाहिं दीपाश्री ब्याउने कुरो छ भनेर हालेका हो की ?’
२४ असोजबाट रिलिज हुने चलचित्र ‘६ मायाँ छपक्कै’को प्रचारको लागि दुर्गेस थापाको स्वरमा उनकै तीज गीत बीच्च बीच्चमा प्यारोडी स्वरुप राखेपछि यो गीतमा रहेको शब्द अहिले चर्चा र विवादमा छ । यसपाली चाहिं दीपाश्री ब्याउने कुरो छ अहिले चर्चा र बिबादमा परेको हो ।
युट्युवमा यो गीतको भिडियोमा ‘यसपाली चाहिं दीपाश्री ब्याउने कुरो छ’ शब्दमाथि दर्शकको थरी थरी प्रतिक्रिया आएको छ । प्रतिक्रियामा अविवाहित दीपाश्री कसरी यो वर्ष व्याउने भईन भन्दै त्यसको दोषी र हकदार दीपकराजलाई समेत देखाईएको छ ।
दुर्गेसले यो शब्द गाउँदा दीपाश्रीले रिसाएर आँखा तर्दैै दुर्गेसलाई हेरेको दृष्य फिल्ममा छ । दीपाश्रीको अहिलेसम्म विवाह भएको छैन । एक नारीको यो उमेरमा समेत विवाह नहुनु आफैंमा पीडाको कुरो हो । मनोवैज्ञानिक रुपमा उनी कती पीडामा छिन्, त्यो सायद उनलाई नै थाहा होला । तर विवाह नै नगरी उनलाई व्याउने बनाएर गीतकोसँगै मजाकसँगै नारीको सम्बेदनामा पनि खेलवाड भएको उनका केही शुभचिन्तकहरुको गुनासो छ ।
हुन त यो ब्याउने (बच्चा पाउने) नभएर ब्याउने (विहा हुने) भन्ने शब्द राखिएको हो र विहा हुने भन्ने शब्द ब्याउने सुनिएको भनेर फिल्मका निर्माता, अभिनेता एवम् गीत रचनाकार मध्यका दीपकराज गिरीले बताएका छन् ।
तर गीत सुन्दा ब्याउने नै बुभिन्छ । यसपाली त दीपाश्रीको ब्याउने कुरो छ भन्ने शब्द राखिएको भए त्यसले विहा हुने जनाउँथ्यो होला । यसपाली त दीपाश्री व्याउने कुरो छ भन्ने शब्दले बच्चा जन्माउने कुरो छ भन्ने स्पष्ट भएको धेरैको दाबी छ ।
अहिले गीत हिट छ । गीतले दीपाश्रीलाई बेहुली बनाउने सन्देश दीन खोजेको हो की बच्चा जन्माउन लागेको हो भन्ने सन्देश दीन खोजेको हो । त्यो प्रस्ट चैं पटक्कै छैन । न यो गीत गाईजात्रे हो । यो त प्रचारको लागि बनाईएको प्यारोडी गीत हो । यसको अर्थ दीपक, दीपा, दुर्गेसहरुलाई नै थाहा होला । किनकी ब्याउने कुरो छ भन्ने शब्दले विहा हुने कुरो छ भन्ने अर्थान कुनै पनि नेपाली शब्दकोषे दिएको हामीले भेटेनौं भन्नेहरु पनि त्यतिकै छन् । तर पनि गीत राम्रो बनेको छ । यसले फिल्मलाई हिट बनाउन सघाउनेमा पक्का छ । गीत बनाउनुको कार्य सार्थक देखिँदैछ ।