रुचाईयो टँक र बुनुको दिल दिल दिलको…


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ असोज

गायिका बुनु उप्रेती शर्माले गायक टँक बुढाथोकीसँग युगल स्वरमा ल्याएको गीतलाई दर्शकले मन पराएका छन् । दिल दिल दिलको भित्तामा तिम्रो नाम छ…बोलको यो गीतलाई टँक बुढाथोकीले नै शब्द सँगीत सृजना गरेका हुन् ।

टँक र बुनुको युगल स्वरमा रहेको यो गीत निकै रोमाञ्चकारी बनेको छ । गीतमा गायक र गायिकाले नै शब्दहरुलाई साझेदारी रुपमा गायका छन् । अन्य युगल गीतमा जस्तो गायक गायिकबीच प्रश्नोत्तरी शब्द यसमा छैन ।

गीतको भिडियो निकै सामान्य भए पनि गायक बुढाथोकीले आफ्नो युट्युव च्यानलबाट यो गीत रिलिज गरेका छन् । गीतको भिडियोमा टँकले गीतार बजाउँदै गीत गाएका छन् । गायिका बुनुले पनि टँकसँगै गीत गाएको भिडियोमा उल्लेख छ ।
दीपेश बुढाथोकीले खिचेको यो भिडियोलाई सम्पादनमा पनि गायक टँक आफैंले गरेका हुन् । भिडियोको निर्माण टँक बुढाथोकी स्टुडियोले गरेको हो । भिडियोले २ लाख भन्दा बढी भ्युज पाईसकेको छ ।

मिठो स्वरकी धनी बुनुले विभिन्न गीतहरु दर्शकमाझ ल्याई सकेकी छिन् । गायनबाटै अवार्डसमेत जितेकी यी गायिकाको स्वर यो गीतमा पनि निकै माधुर्य सुनिएको छ ।