अन्तत छबिराज बिरुद्ध शिल्पाको डिभोर्स मुद्धा 


ब्युटी न्युज नेपाल

काठमाडौं, ३१ असार

अन्तत अभिनेत्री शिल्पा पोखरेल आफ्ना पति एवम् बरिष्ट चलचित्र निर्माता छबिराज ओझासँग अलग हुने नै भएकी छिन् । उनले पति छबिराज ओझासँग सम्बन्ध बिच्छेदको लागि काठमाडौं जिल्ला अदालतमा आईतबार मुद्दा दाएर गरेकी छिन् ।

काठमाडौं जिल्ला अदालतका एक सरकारी अधिवक्ताका अनुसार अभिनेत्री शिल्पाले पति छबिराज ओझा बिरुद्ध दाम्पत्य सम्बन्ध बिच्छेदका लागि अँश मुद्धा दायर गरेकी छिन् ।

अब यो मुद्धा कहिले किनारा लाग्छ भन्ने जिज्ञाँसामा हाम्रा कानूनी सल्लाहकारका एवम् बरिष्ट कलाकार कृष्ण ढुँगानाले यस्तो मुद्धामा पतिले चाहेको खण्डमा पति पत्नीबीचको दम्पत्य सम्बन्ध बिच्छेद तुरुन्त हुनसक्ने बताएका छन् । अन्यथा सम्बन्ध विच्छेदको मुद्धा अदालतमा एक वर्षसम्म पनि लम्बिन सक्नेछ ढुँगानाको भनाई छ ।

तसर्थ निर्माता छबिराज र अभिनेत्री शिल्पाको डिभोर्स कहिले हुन्छ भनेर अहिले नै अनुमान गर्न सक्ने अवस्था छैन । तथापि पति छबिराजले केही सञ्चार माध्यममा अब पत्नी शिल्पालाई डिभोर्स दिने स्विकारेका छन् । कहिले दिने भनेर किटान गरेका छैनन् । निर्माता ओझा मँगलबार बिहानैबाट फोन सम्पर्क बाहिर छन् ।

अँशको मागदाबी सहित गरिएको डिभोर्समा श्रीमतीले डिभोर्स पछि अँश पाउने प्रावधान रहेको छ । त्यसैले सम्बन्ध बिच्छेद पछि पनि शिल्पाले अर्को विवाह नगरेसम्म छबिराजको अँश पाउने छिन् । डिभोर्स भएकी पत्नी शिल्पालाई समेत पूर्वपति छबिराजले मनो चामल (खानपिनको) व्यबस्था भने गर्नु पर्ने कानूनी प्रवधान रहेको छ ।

मुद्धाको अबस्थाबारे थप जानकारीको लागि ब्युटी न्युज नेपालले शिल्पासँग कुरा गर्ने कोशिस गरिरहेको छ । उनी सम्पर्कमा आउनसाथ मुद्धाको बिषयमा थप जानकारी हामी गराउने छौं ।

अभिनेत्री शिल्पाले आफुलाई पति छबिराजले घरेलु हिँसा गरेको भन्दै २२ असारमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिईन् । २६ असारमा पति छबिराज र पत्नी शिल्पालाई प्रहरीले मिलाएर पठाएको हो । त्यसपछिबाट आफ्नो शन्ति सुरक्षाको समस्या देखाउँदै शिल्पा पति छबिराजको घर फर्किएकी छैनन् । केही दिन दाई विकास रौनियारसँग बस्दै आए पनि उनी दुई दिन यताबाट सिनामँगलमा आफन्तको बस्दै आएकी छिन् । आफुलाई गत ८ असारमा पति छबिराजले ज्यान मार्ने प्रयास गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी हुन् । त्यसपछि प्रहरी हुँदै यो प्रकरण अदालतसम्म पुगेको हो ।

अन्तत : बरिष्ट चलचित्र निर्माता छबिराज ओझाको चौथो दाम्पत्य सम्बन्ध पनि यो डिभोर्ससँग सकिएको छ । यता अभिनेत्री शिल्पा पोखरेलको पनि दोश्रो दाम्पत्य जीवन अत्य हुँने भएको छ । अब निर्माता छबिराजले पाँचौ विवाह र अभिनेत्री शिल्पाले तेश्रो विवाह गर्लान, नगर्लान भन्ने चासो दर्शकमा छ । त्यो आउँदो समयले बताउने छ ।